समाज

लुम्बिनीमा योग अभ्यास गरि योग दिवस मनाइयो

लुम्बिनीमा योग अभ्यास गरि योग दिवस मनाइयो

बुटवल । ‘एक पृथ्वी एक स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ ११औँ अन्तर्राष्ट्रिय योग दिवस लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा पनि योग अभ्यास गरि मनाईएको छ । 

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आर्ट अफ लिभिङ बुटवलले निशुल्क अभ्यास तालिम आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टले योगले मन तथा शरीरिक ईश्या र कर्मलाई सन्तुलन राख्न योगदान पुर्‍याउने बताए ।

शिविरमा सहभागी हुन भारतको बैंलोरबाट आएका आर्ट अफ लिभिङका ब्रमचारी देव दत्तले योग शारीरिक स्वास्थ्यका लागि निकै महत्वपूर्ण भएको बताए । 

आर्ट अफ लिभिङ बुटवलका अध्यक्ष उज्ज्वल कसजुको अध्यक्षतामा भएको योग शिविरमा प्रहरी तालिम केन्द्र बुटवलका समादेशक संतोष सिहं राठौर अन्य योग गुरू, प्रहरी तथा स्थानीयहरुले सहभागिता जनाएका थिए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *