मुख्य समाचार

विश्वको तेस्रो अग्लो कञ्चजङ्घा हिमालको सफल आरोहण

विश्वको तेस्रो अग्लो कञ्चजङ्घा हिमालको सफल आरोहण

काठमाडौ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चजङ्घा हिमालको सफल आरोहण गरिएको छ । पाँच जना नेपालीसहित १० जनाले नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेका हुन् । सेभेन समिट ट्रेकमार्फत मे १० अर्थात् वैशाख २७ गते दिउँसो दुई बजेर १५ मिनटेमा १० आरोहीले कञ्चनजङ्घाको सफल आरोहण गरेका हुन् । सफल आरोहण गर्नेहरूमा कुसुवोका फ्लुतुरम इब्राहिमी, बेलायतका एड्रियन माइकल हेस, ईरानका अलिरेजा बेहपुर र सेइदमिदरजा हासेमी, युनाइटेड अरब इमिरेट्सका सइद अलमेमरी तथा नेपाली लाक्पा तेम्बा शेर्पा, निङ्मा दोर्ची शेर्पा, फुर सोना शेर्पा, ग्यालु शेर्पा र छाङ्वा शेर्पा रहेका छन् । आरोही टोलीले वैशाख २६ गते साँझ छ बजेर १५ मिनेटमा चौँथो शिविरबाट आफ्नो शिखर यात्रा सुरु गरेको थियो । त्यसअघि, कञ्चनजङ्घामा आठ शेर्पाहरू मिलेर बनेको एलिट एक्सपेडको फिक्सिङ टोलीले आधार शिविरबाट लगभग आठ हजार ४ सय मिटरसम्मको लाइनहरू सुरक्षित गरेको थियो । आठ हजार ५८६ मिटर अग्लो कञ्चनजङ्घा हिमालको  सन् १९५५ मे २५ मा बेलायती कञ्चनजङ्घा अभियानमा रहेका भ जो ब्राउन र जर्ज ब्यान्डले पहिलो पटक आरोहण गरेका थिए ।।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *