मुख्य समाचार

ला लिगा फुटबलको नयाँ सिजनमा बार्सिलोनाको विजयी शुुरुवात

ला लिगा फुटबलको नयाँ सिजनमा बार्सिलोनाको विजयी शुुरुवात

एजेन्सी । बार्सिलोनाले ला लिगा फुटबलको नयाँ सिजनमा विजयी शुुरुवात गरेको छ । 

शनिबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टिम मलोर्कालाई ३–० ले गोलले पराजित गर्दै सिजनमा विजयी शुुरुवात गरेको हो । 

बार्सिलोनाको राफिन्हा, फेरान टोरेसले एक एक गोल गरे । अतिरिक्त समयको अन्तिम मिनेटमा लामिन यामालले तेस्रो गोल गरे । खेलका ३३औँ मिनेटमा मोर्लानेस दोस्रो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि मलोर्का १० खेलाडीमा सीमित भएको थियो । 

त्यसको ६ मिनेटमै मुरीकीले रातो कार्ड पाएपछि टोली ९ खेलाडीमै सीमित भएको थियो । राति नै भएका खेलमा भ्यालेन्सिया र रियल सोसिडाडबीचको खेल १–१ को बराबरीमा टुंगिएको छ भने आलाभेसले नवप्रवेशी लेभान्टेलाई २–१ ले हराएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *