एजेन्सी । रुस र युक्रेनबीचको युद्ध झन् तीव्र बन्दै गएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शनिबार रुसले युक्रेनमाथि ३०० भन्दा बढी ड्रोन प्रहार गरेको छ भने ३० भन्दा बढी क्रुज क्षेप्यास्त्र प्रहार गरेको हो ।
आक्रमणमा युक्रेनको कालासागरतटीय शहर ओडेसामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आक्रमणलाई शान्ति प्रयासका निम्ति गम्भीर धक्का भनेका छन् ।
आक्रमणमा ओडेसामा २० भन्दा बढी ड्रोन र एउटा क्षेप्यास्त्र प्रयोग गरिएको उनले जनाएका छन् । यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम वार्ता अघि बढाउन अर्काे साता रुससँग बैठकको प्रस्ताव गरेका छन् ।
युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्टेम उमेरोभले रुस पक्षलाई आगामी बैठक गर्न प्रस्ताव गरिसकेको समाचारमा उल्लेख छ ।