काठमाडौं । नेपाली बजारमा (आज) बिहीबर सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।
बुधबार प्रतितोला १ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ८०० रुपैयाँले घटेर १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रतितोला २२७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।