Siddarth bankविज्ञापन
मुख्य समाचार

अमेरिकाले दुई देशका भिसा आवेदकहरूबाट धरौटी लिने

अमेरिकाले दुई देशका भिसा आवेदकहरूबाट धरौटी लिने

एजेन्सी । अमेरिकाले मलावी र जाम्बियाका अमेरिका जाने पर्यटक तथा व्यवसायिक भिसामा भारी मात्रामा धरौटी तिर्नुपर्ने नियम लागू गरेको छ । 

आवेदन दिने व्यक्तिहरूले १५ हजार अमेरिकी डलर अर्थात झन्डै ११ लाख ३० हजार नेपाली रुपैयाँ धरौटी तिर्नुपर्ने नियम अमेरिकाले लागू गरेको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो नयाँ नीति एक वर्षे नमूना कार्यक्रमका रूपमा ल्याइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकामा तोकिएको समयभन्दा बढी बस्ने क्रमलाई रोक्न र ‘छनोट तथा परीक्षण प्रक्रियामा कमजोरी देखिएका’ देशहरूमा नियन्त्रण गर्न धरौटी रकमको नियम लागू गरिएको विदेश विभागको भनाइ छ ।  

धरौटी कम भिसा सकिएपछि अमेरिका फर्किने शर्तमा फिर्ता गरिने बताइएको छ । सन् २०२३ मा अमेरिकी गृह मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कअनुसार मलावीबाट अमेरिका जाने करिब १४ प्रतिशत र जाम्बियाबाट जाने करिब ११ प्रतिशत मानिसहरूले भिसाको अवधि समाप्त भएपनि नफर्किएको तथ्यांक छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *