मुख्य समाचार

मस्कद्वारा एप्पललाई कानूनी कारबाहीको धम्की

मस्कद्वारा एप्पललाई कानूनी कारबाहीको धम्की

एजेन्सी । एक्सका मालिक एलन मस्कले  प्रविधि कम्पनी एप्पललाई कानूनी कारबाहीको धम्की दिएका छन् । 

ओपन एआई च्याट जीपीटी निर्माता सँग प्रतिस्पर्धा गर्न एप स्टोरमा रहेका अन्य एपहरूलाई ‘असम्भव’ बनाएको भन्दै उनले यस्तो धम्की दिएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मस्कले ओपनएआईका प्रमुख स्याम अल्टम्यानले लगाएको आफ्नो प्लेटफर्मलाई ‘आफ्नो र आफ्ना कम्पनीहरूको फाइदाको लागि’ प्रयोगको आरोप समेत अस्वीकार गरेका छन् । 

यसअघि दुवै ओपन एआईका सह संस्थापक भए पनि मस्क कम्पनी छाडेपछि अहिले कडा प्रतिस्पर्धी बनेका छन् । पछिल्लो समय च्याट जीपीटी र मस्को ग्रोक एआई कम्पनी पनि प्रतिस्पर्धामा छन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *