मुख्य समाचार

भारतको ओडिशामा भएको रेल दुर्घटनालाई लिएर तीन रेलवे कर्मचारी पक्राउ, लापरबाहीका कारण दुर्घटना भएको सीबीआईको ठहर

भारतको ओडिशामा भएको रेल दुर्घटनालाई लिएर तीन रेलवे कर्मचारी पक्राउ, लापरबाहीका कारण दुर्घटना भएको सीबीआईको ठहर

काठमाडौ । भारतको ओडिशा बालासोरमा जुन २ मा भएको रेल दुर्घटनामा सीबीआईले ३ रेलवे कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई हत्या नभएको अपराधी हत्या अन्तर्गत मुद्दा चलाइएको छ ।

केन्द्रीय अनुसन्धान एजेन्सीले यस रेल दुर्घटनामा आपराधिक षड्यन्त्रको सम्भावनाको अनुसन्धान गरिरहेको थियो । पक्राउ पर्नेमा रेलवेका सिनियर सेक्शन इन्जिनियर अरुणकुमार महन्तो, सिनियर सेक्शन इन्जिनियर मोहम्मद अमिर खान र प्राविधिक पप्पु कुमार रहेका छन् ।

कानूनको व्याख्या अनुसार धारा ३०४ अन्तर्गतको सजायमा आजीवन कारावास र जरिवाना वा कठोर कैद समावेश छ । यी तीन जनाकोे लापरबाहीका कारण यति ठुलो दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बालासोरको बहंगा बजार रेलवे स्टेसननजिकै जुन २ मा साँझ ७ बजे कोरोमण्डल एक्सप्रेस स्टेसनमा उभिरहेको मालगाडीसँग ठोक्किएको थियो ।

बेंगलुरु–हावडा सुपरफास्ट एक्सप्रेस पनि यसको चपेटामा परेका थियो । यो रेल दुर्घटनामा २ सय ९२ जनाको मृत्यु भएको थियो भने १ हजार भन्दा बढी घाइते भएका थिए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *