समाज

मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । 

कार्यालयको तथ्याङ्कानुसार साउन–असार सम्ममा चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको हो । एक वर्षमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएको कार्यालयले जनाएको छ । 

आर्थिक वर्ष २०८०/८१ मा  तीन अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको चिया निर्यात भएको हो । कार्यालयको तथ्याङ्कानुसार आर्थिक वर्ष २०८१/८२ मा अलैँचीको निर्यात तीन दशमलव २० प्रतिशतले घटेको छ । एक वर्षको अवधिमा सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको छ । 

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा सात अर्ब ९३ करोड नौ लाख ९० हजार बराबरको अलैँची निर्यात भएको थियो । कार्यालयको तथ्याङ्कानुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ७२ दशमलव ३० प्रतिशत, फलामे पाता एक दशमलव आठ प्रतिशत, प्लाइउड सात दशमलव ६० प्रतिशत र मोलासिसको निर्यातमा दुई सय ४७ दशमलव ५० प्रतिशतले वृद्धि भएको छ । 

त्यसैगरी, सिमेन्ट क्लिङ्कर १३ प्रतिशत, अदुवा ६० दशमलव ७० प्रतिशत, अम्रिसो १४ दशमदव ९० प्रतिशत र छुर्पी निर्यातमा एक दशमलव पाँच प्रतिशतले कमी आएको छ । मेची भन्साबाट गत आर्थिक वर्ष २०८१/८२ मा २५ अर्ब १३ करोड ९७ लाख ५० हजारको मालवस्तु निर्यात भएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *