समाज

मधेश आन्दोलनकारीलाई राज्यले झुटा मुद्दामा फसाएर दुःख दियो : अध्यक्ष ठाकुर

मधेश आन्दोलनकारीलाई राज्यले झुटा मुद्दामा फसाएर दुःख दियो : अध्यक्ष ठाकुर

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनका आन्दोलनकारीलाई राज्यले झुटा मुद्दामा फसाएर दुःख दिएको आरोप लगाएका छन् । 

महोत्तरीको मटिहानीमा बिग्ही पुल र प्रसूति गृह उद्घाटनपछि आयोजित समारोहमा उनले मधेश आन्दोलनका आन्दोलनकारीलाई फसाएर जन्मकैदको फैसला भएको र कतिपयलाई जेलमा बन्द गरिएको भन्दै उनीहरुमाथि लगाएको मुद्दा फिर्ता लिन प्रधानमन्त्री के.पी ओलीलाई आग्रह गरेका हुन् । 

अध्यक्ष ठाकुरले देशमा भएको राजनीतिक परिवर्तन आन्दोलनहरुका उपलब्धि रहेको भन्दै मधेश आन्दोलनमा सहभागी महोत्तरीका चार नेतालाई लगाइएको मुद्दा फिर्ता लिन माग गरेका हुन् ।

ओली सरकारकै नेतृत्वमा ३ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना भएको मधेश आन्दोलनका आन्दोलनकारीको मुद्दा फिर्ता लिएको भन्दै अध्यक्ष ठाकुरले बाँकी मुद्दासमेत फिर्ता लिन ओलीलाई आग्रह गरे ।

उनले लोसपाका प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्वमेयर रामशंकर मिश्र, लोसपाका नेताहरु सुरेश पाण्डे र धर्मेन्द्र राउतलाई झुट्टा मुद्दामा षड्यन्त्रपूर्वक फसाइएको दाबी गरे ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *