समाज

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ ।

आज दिउसो ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा विशेष महाधिवेशनलगायत विषयमा छलफल हुनसक्ने नेताहरुले बताएका छन । नेकपा माओवादी केन्द्रभिभित्र सैद्धान्तिक र वैचारिक रूपमा दुई लाइन संघर्ष हुने देखिएको छ ।

वैज्ञानिक समाजवादको वैचारिक राजनीतिक कार्यदिशा, समाजवादी पार्टीहरूसँग एकताको पहल तथा सहकार्य, विगतमा कांग्रेस र एमालेलगायतसँग गरेको सहकार्य, विचार, राजनीति, संगठनात्मक विधि पद्धति, स्कुलिङलाई लिएर दुई लाइन संघर्ष हुने देखिएको हो । 

पार्टीभित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको विषयमा उपमहासचिव जनार्दन शर्माले अन्तरसंघर्ष चलाइरहेका छन । पार्टीमा विशेष महाधिवेशनको पनि माग हुन थालेको छ । माओवादी केन्द्रको आजदेखि शुुरु हुने स्थायी कमिटी बैठकमा नेताहरूले यी विषयमा धारणा राख्ने सम्भावना छ । 

शर्मा, सुदन किरातीलगायत नेताले पार्टीलाई वैचारिक रूपमा सबल बनाउँदै युवा पुस्तामा नेतृत्व ल्याउनुपर्ने बताउँदै आएका छन ।  एकल निर्णय गर्दै आएका अध्यक्ष पुष्पकमल दाहालका कारण पार्टीलाई बढी क्षति भएको विषयमा धेरैजसो पदाधिकारी सहमत भए पनि उनीहरू खुलेर बोल्न सकेका छैनन् । 

पार्टीमा नेतृत्व हस्तान्तरणको पक्षमा उभिएका शर्मालाई अनुशासनको कारबाही गर्नुपर्ने आवाज पनि उठेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *