मुख्य समाचार

सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य हुदैन: कोइराला

सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य हुदैन: कोइराला

काठमाडौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य नहुने बताएका छन् ।

समाचारको विषयलाई लिएर काठमाडौं जिल्ला अदालतबाट पत्रकार दिलभूषण पाठकलाई मंगलबार पक्राउ पुर्जी जारी भएपछि नेता काइरालाले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।

सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता भएको बताउँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथी राज्यको प्रहार सैह्य छैन । अझ सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा संचार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुनै सक्दैन ।’

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *