मुख्य समाचार

चीनद्वारा समुद्रबाट ‘स्मार्ट ड्र्यागन–३’ रकेट प्रक्षेपण

चीनद्वारा समुद्रबाट ‘स्मार्ट ड्र्यागन–३’ रकेट प्रक्षेपण

एजेन्सी । चीनले शनिबार बिहान आफ्नो स्मार्ट ड्«यागन–३ एसडी–३० नामक रकेट मार्फत गेली–०४ उपग्रह समुह (कन्ष्टलेसन) सफलतापूर्वक पृथ्वीको कक्षमा पठाएको छ । 

यो प्रक्षेपण पूर्वी चीनको सान्दोङ्ग प्रान्तको रीजाओ शहर नजिकै समुद्रबाट गरिएको हो । ‘गेली–०४’ उपग्रह समूहमा साना साना उपग्रहहरू समावेश रहेको जनाइएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पृथ्वीको कक्षमा रहने यी उपग्रहहरूले सञ्चार, नेभिगेशन, मौसम पूर्वानुमान र वैज्ञानिक अनुसन्धानजस्ता क्षेत्रमा काम गर्ने बताइएको छ । 

यस्तो उपग्रह समूहले पृथ्वी अवलोकन र डाटा सङ्कलनमा सुधार ल्याएर विभिन्न सेवा र प्रविधिमा सटीकता र विश्वसनीयता बढाउने जनाइएको छ । समुद्रबाट गरिएको यो सफल प्रक्षेपणले वैज्ञानिक अनुसन्धान, संचार र सटीक स्थान निर्धारण प्रणालीमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *