मुख्य समाचार

अस्ट्रेलिया विश्वकपमा छनोट

अस्ट्रेलिया विश्वकपमा छनोट

काठमाडमैं । अस्ट्रेलियाले सन् २०२६ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ । 

एसियाली राष्ट्रको समूह ‘सी’को खेलमा साउदी अरेबियालाई २–१ ले हराउँदै अस्ट्रेलिया छनोट भएको हो ।  साउदी अरेबियाको जेदाहमा भएको खेलमा अस्ट्रेलियाका लागि कोनर मेटकलाफ र मिच डकले गोल गरे । सो समूहबाट यस अघि नै जापान छनोट भइसकेको छ । 

जापानले अन्तिम खेलमा इन्डोनेसियालाई ६–० ले हराएको छ । अर्को खेलमा चीनले बहराइनलाई एक शुन्यले हरायो । युरोपेली छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले माल्टालाई ८–० गोलले हराएको छ । अर्को खेलमा फिनल्यान्डले पोल्यान्डलाई २–१ ले हरायो । 

मंगलबार रातिको खेलपछि फिनल्यान्डको चार खेलमा सात अङ्क बनाएको छ भने नेदरल्यान्ड्सको दुई खेलमा ६ अङ्क छ । पोल्यान्डले पनि तीन खेलमा ६ अङ्क बनाएको छ । लिथुवानियाको तीन खेलमा दुई तथा माल्टाको चार खेलमा मात्र एक अंक छ । उता अर्जेन्टिना र कोलम्बिया १– १ गोलको बराबरीमा रोकिएका छन् ।  

अर्को खेलमा ब्राजिलले पराग्वेलाई १–० ले हराएको छ । उरुग्वेले भेनेजुएलालाई २ –० तथा  बोलिभियाले चिलीविरुद्ध २–० को जित निकालेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *