समाज

एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँले बढ्यो सुन

एकैदिन तोलामा ४ हजार २ सय  रुपैयाँले बढ्यो सुन

काठमाडौं । नेपाली बजारका लगातार सुनको मूल्य उकालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजपनि सुनको मूल्य बढेको छ । आज एकैदिन सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँ बढेको हो । 

बिहीबार प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ हजार २ सय रुपैयाँले बढेर १ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *