मुख्य समाचार

राष्ट्रियताको विषयप्रति सरकारले अनिच्छा देखाएको रास्वपाको आरोप

राष्ट्रियताको विषयप्रति सरकारले अनिच्छा देखाएको रास्वपाको आरोप

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राष्ट्रियताको विषयप्रति सरकारले अनिच्छा देखाएको आरोप लगाएको छ । रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले आज विज्ञप्ति जारी गर्दै सरकारको व्यवहारले पार्टी सशंकित भएको बताएका हुन । प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गर्न पनि माग समेत रास्वपाले गरेको छ । भारत र चीनबीच नेपाली भुभाग लिपुलेक पास हुँदै परम्परागत सीमा व्यापार मार्ग पुनः खोल्ने विषयमा भएको हालैको सम्झौतापछि नेपाल सरकारले प्रस्तुत गरेको रवैयाप्रति समेत पार्टीले असहमति जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *