काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत आर्थिक वर्ष २०८१/२०८२ मा नेपालले दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराएका हुन् ।
आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कुल निर्यात एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको उनले उल्लेख गरेका छन् ।