काठमाडौँ। गाईजात्राको भोलिपल्ट रोपाइ जात्रा मनाउने चलन अन्तर्गत आज काठमाडौँ उपत्यका लगायत देशका बिभिन्न जिल्लामा रोपाइँ जात्रा पर्व मनाइने भएको छ।
राजा प्रताप मल्लको शासनकालदेखि सुरुवात गरिएको रोपाइ जात्रा विशेष गरी चैत्य, बहाल र टोलका फलैँचाहरूमा स्थानीयहरू भेला भइ यो जात्रा मनाउने चलन छ।
नेवार समुदायले मनाउन सुरु गरेको रोपाइँ जात्रा देशैभर सबैको उत्सव बन्दै गएको छ । नेपाल भाषामा रोपाइँ जात्रालाई सिनाज्या जात्रा भनिन्छ।
आजको दिन सबै टोलका मानिसहरूले आआफ्नो गाउँ ठाउँमा विभिन्न बाजाहरू बजाउँदै बिभिन्न भेषभुषामा सजिएर धान रोपे जस्तै गरेर नृत्य गर्ने गर्द छन्।
खेतालाहरू जम्मा भएर बाजा बजाएर रोपाइँका गीतहरू गाउँदै नाच्दै धान रोपेको खेतमा पुगेर रमाइलो गर्ने गर्दछन्।
यसैगरी गाईजात्राको भोलिपल्ट मनाइने मतयाः पर्व पनि आज बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ।
दिवंगत आफन्तको सम्झनामा बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गर्ने र हातमा दीप लिएर नगर परिक्रमा गर्ने चलन छ । नेपालभाषामा मतको अर्थ दीप र याःको अर्थ यात्रा बुझिन्छ।
वर्षभरिमा दिवंगत भएका आफन्तहरूको सुखावती भुवनमा बास परोस् भन्ने कामना गर्दै दीप यात्रा गर्ने चलन छ।
