मुख्य समाचार

देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख : शेखर कोइराला

देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख : शेखर कोइराला

काठमााडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताएका छन् । 

आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले अधोगतितर्फ उन्मुख देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीहरूको भएको बताएका हुन । नेता कोइरालाले सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिन्छ ? भन्ने सकारात्मक सोचका साथ अघि बढ्न जरुरी रहेको बताए । 

नेता कोइरालाले कनिका छरेको जस्तो अनुदान दिएर विद्यालय विकास हुन नसक्ने बताए । लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै शिक्षित समाज बनाउन जरुरी रहेको उनको भनाइ छ ।

राज्यमा भएका सामुदायिक विद्यालयलाई कसरी राम्रो बनाउने भन्नेमा सरकार जानुपर्ने समेत नेता कोइरालाले बताए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *