समाज

योग नेपालको मौलिक, सांस्कृतिक र प्रयोगात्मक सम्पती : संस्कृति मन्त्री पाण्डे

योग नेपालको मौलिक, सांस्कृतिक र प्रयोगात्मक सम्पती : संस्कृति मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले योग नेपालको मौलिक, सांस्कृतिक र प्रयोगात्मक सम्पती भएको बताएका छन् । 

शनिबार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले योगको माध्यमबाट व्यक्ति, परिवार, समाज र संस्थासँग जोड्दै यि सबैलाई राष्ट्रिय भावमा एकतावद्ध गरी राष्ट्रिय एकता र आपसी भाईचारा बढाउन समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

अभ्यास गरी प्राप्त हुँदै आएको योग सम्बन्धी ज्ञान, सोको अभ्यास मार्फत सबै मानिसका लागि उपयोगी योगका विभिन्न विधिहरु आफ्नै भूमिबाट विकास हुँदै क्रमशः विश्वस्तरमा फैलिएको उनले बताए । योगको समुचित उपयोगबाट नै हाम्र काम, कर्तव्य र व्यवहारमा सुधार गरी व्यक्तिको सिर्जनशिलता र नवप्रवर्तनमा समेत थप योगदान गर्न सकिने बताए ।  योगको माध्यमबाट स्वस्थ, शान्त र अनुशासित नागरिक विकास गर्न र यसकै माध्यमबाट स्वस्थ एवं सभ्य समाज निर्माण गर्न सकिने उल्लेख गरे। योगको क्षेत्रमा भएका प्रयोग र सकारात्मक कदमलाई समय सापेक्ष सुधार गरी व्यक्तिको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने बताए । 

मन्त्री पाण्डेले योग मानवका लागि जीवन उपयोगी रहेको बताए । योगका माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक, मनोवैज्ञानिक, भावनात्मक विकासको मार्ग प्रशस्त हुने जिकिर गरे । योगले शरीर, मन, भावना र चेतनालाई जोड्ने बताए । 

सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग भन्ने आदर्श वाक्यसहित अन्तर्राष्ट्रिय योग दिवस मनाइरहिएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *