मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीको ५ बुँदे प्रस्तावमा रणनीति बनाउँदै विपक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीको ५ बुँदे प्रस्तावमा रणनीति बनाउँदै विपक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेस समक्ष गरेको ५ बुँदे प्रस्तावमा साझा धारणा तय गर्न विपक्षी दलहरूको बैठक शुरु भएको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरूको बैठक शुरु भएको हो ।  

बैठकमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, आम जनता पार्टीका अधयक्ष प्रभु साहलगायत सहभागी छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले जेठ २६ गते प्रतिनिधिसभाको अवरुद्ध संसद् बैठक सुचारुका लागि कांग्रेस समक्ष पाँच बुँदे प्रस्ताव गरेको थियो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *