समाज

घट्यो शुक्लाफाँटा घुम्ने पर्यटकको सङ्ख्या

घट्यो शुक्लाफाँटा घुम्ने पर्यटकको सङ्ख्या

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । 

अघिल्लो आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०८१/८२ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको हो । 

आर्थिक वर्ष २०८०/८१ मा ४ हजार ५ सय ७४ जनाले निकुञ्ज भ्रमण गरेका थिए । जसमा चार हजार दुई सय ९४ जना नेपाली, एक सय ३७ जना सार्क मुलुकका तथा एक सय ४३ जना विदेशीले निकुञ्ज भ्रमण गरेका थिए । उक्त तुलनामा आर्थिक वर्ष २०८१/८२ निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । 

यो आर्थिक वर्षमा आन्तरिक तथा बाह्य गरी जम्मा तीन हजार सात सय २२ जनाले निकुञ्ज भ्रमण गरेका छन् । जसमा तीन हजार तीन सय ७१ जना नेपाली, सार्क मुलुकका एक सय ९९ जना र एक सय ५२ जना विदेशी पर्यटकले यस निकुञ्ज भ्रमण गरेका थिए ।

आर्थिक वर्ष २७९/८० मा तीन हजार पाँच सय ५७ जनाले निकुञ्ज भ्रमण गरेका थिए । जसमा सार्क मुलुकका एक सय ५८ जना र विदेशी एक सय २१ जना थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारको कमी, पूर्वाधार नहुनु लगायतका समस्याले यहाँ आउने पर्यटकको सङ्ख्यामा कमी आएको निकुञ्जले जनाएको छ । 

तीन सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रसिद्ध छ । निकुञ्जमा विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिङ्गा पाइन्छ । निकुञ्जमा दुई हजार तीन सय २३ भन्दा बढी बाह्रसिङ्गा छन् । यहाँ ४४ पाटे बाघ रहेका छन् । विश्वकै सबैभन्दा ठुलो घाँसे मैदान रहेका कारण पनि यसको बेग्लै विशेषता छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वन्यजन्तु र दुर्लभ वनस्पतिका लागि  प्रसिद्ध छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *