पर्वत । पर्वतमा उद्योग व्यावसाय दर्ता भन्दा बढी खारेजी गर्नेहरुको संख्या बढेको छ ।
अहिले पर्यटन तथा उद्योग कार्यलय पर्वतमा उद्योग व्यावसाय दर्ता गर्न भन्दा बन्द गर्ने सेवाग्राही बढिरहेका हुन् । विशेष गरी युवा स्वरोजगार कृषि पशु क्षेत्र ,उद्योमविकास तथा सिप विकास र व्यवसायीकताका क्षेत्रमा काम गरीरहेका सरकारी अड्डामा नै सरकारको अपेक्षाकृत योजना र कार्यन्वयको अभावले उद्यामीहरु निराश हुँदै गएका हुन ।
विदेशवाट फर्केर उद्यम गरिरहेका समेत सरकारी निकायले उत्साह दिनुको सट्टा निराशा थपीएका कारण व्यावसाय बन्द गर्ने अवस्थामा पुगेको गुनासो गर्दछ । उद्योग व्यवसायीलाई तालिम प्राविधि हस्तान्त्रणका लागी दश लाख बजेट प्राप्त भएको उद्योग तथा पर्यटन कार्यलयले जनाएको छ ।
उद्योग र व्यवसाय उत्थाननको क्षेत्रमा भन्दा पर्यटन पुर्वाधारका क्षेत्रमा बढी बजेट आउँदा पनि उद्योगी निराश भएर उद्योग बन्द गर्ने दर बढिरहेको कार्यालयको भनाइ छ । पर्यटकीय क्षेत्र विकासका लागी ६ करोड ५ लाख बजेट प्राप्त भएको पर्यटन तथा उद्योग कार्यलय पर्वतले जनाएको छ ।
गत आर्थिक वर्षमा ५२ प्रतिशतले उद्योग दर्ता खारेज भएको पर्वतमा चालु वर्षमा एक सय २० वटा वाणिज्य तर्फका व्यवसाय खारेज भएका छन् भने उद्योग तर्फका एक सय ४ वटा उद्योग खारेज भएका छन् ।
उद्योग दर्ता ७० वटा भएका छन भने वाणिज्य ६६ वटा भएका छन् ।