Siddarth bankविज्ञापन
मुख्य समाचार

जम्मू कश्मीरको बाढीमा परी ज्यान गुमाउनेको संख्या ४५ पुग्यो

जम्मू कश्मीरको बाढीमा परी ज्यान गुमाउनेको संख्या ४५ पुग्यो

एजेन्सी । भारतको जम्मू कश्मीरको किश्तवाड क्षेत्रमा अचानक आएको आरीघोप्टे वर्षापछिको बाढीमा परी ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ । 

बाढीमा परी ज्यान गुमाएकामध्ये अहिलेसम्म ३५ जनाको शव अस्पताल पुर्‍याइएको छ । तिमध्ये ११ जनाको शव पहिचान भएको छ । बाढीमा एक सय जना भन्दा बढी घाइते छन् । घाईतेमध्ये ७० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । ६०– ६० जनाको ५ समूह बनाएर सुरक्षाकर्मीको टोली राहत तथा उद्धारमा लागिरहेको समाचारमा उल्लेख छ । हजारौं तीर्थयात्री मचैला माता यात्राका लागि चशोटी गाउँमा जम्मा भएको बेला बाढी आएको हो ।

मचैला माता यात्रा शुरु गर्ने ठाउँमै आरीघोप्टे वर्षा भएको जनाइएको छ । बाढीले तीर्थयात्रीहरूका बस, टेन्ट, सामुदायिक भोजनालय र पसलहरू बगाएको जनाइएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *