समाज

हवाई टिकटको मूल्य घटाउन राष्ट्रिय विमानको संख्या बढाउनुपर्ने पर्यटन मन्त्री पाण्डेको भनाइ

हवाई टिकटको मूल्य घटाउन राष्ट्रिय विमानको संख्या बढाउनुपर्ने पर्यटन मन्त्री पाण्डेको भनाइ

काठमाडौं । नेपालले केप टाउन कन्भिन्सनको पक्ष राष्ट्र हुन प्रक्रिया अघि बढाउने भएको छ । 

आज प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले केप टाउन कन्भिन्सनको पक्ष राष्ट्र हुनका लागि नेपालले प्रक्रिया अघि बढाउने तयारी गरेको जानकारी दिएका हुन् । मन्त्री पाण्डेले हवाई टिकट मूल्य घटाउन राष्ट्रिय एयरलाइन्सको संख्या बढाउनुपर्ने तर नेपालसँग जहाँज किन्नका आर्थिक अभाव रहेको बताए । 
 
मन्त्री पाण्डेले अहिले दुई वटा न्यारोबडी, दुई वटा वाइटबडी र दुई वटा ट्विनअटर मात्रै सञ्चालनमा रहेको र एउटा बिग्रिएसँगै समस्या आउने गरेको बताए । आन्तरिक उडानको भाडको दर कायम गरिएको र अहिलेसम्म पुनरावलोकन हुन नसकेको भन्दै निजी एयरलाइन्सहरुले अझै दबाब दिइरहे विमान उडाउन नसक्ने बताइरहेको उनले बताए ।  छलफलमा सांसदहरुले ने हवाई टिकटको मूल्य महंगो भएको भन्दै मूल्य घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहल गर्नुपर्ने बताए । 
ः 
नेपालीहरुले दिल्ली जानलाई ६० हजारदेखि ८० हजार रुपैयाँ इकोनोमिक क्लासका लागि तिर्ने कुरा दुःखद् भएको सांसदहरुको भनाइ  छ । नेपाल(भारत हवाई मात्रा बढाउनुपर्ने माग सांसदहरुले गरेका छन । समितिको बैठकमा  नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि  समितिमा सैद्धान्तिक छलफल भएको हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *