मुख्य समाचार

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५ बालबालिका पनि छन । बाढीमा फसेका ८५० जनाको भने उद्धार गरिएको छ ।  २७ युवतीसहित धेरै जना बेपत्ता छन । उनीहरूको खोजी जारी छ । 

अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले भीषण बाढीपछि उद्धारका लागि राज्य र स्थानीय अधिकारीहरूसँग मिलेर काम गरिरहेको जनाएका छन ।  टेक्सासमा ३०० मिलिमिटरसम्म वर्षा भएको जनाइएको छ । 

कुनै चेतावनी बिनै अचानक विहान आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । टेक्सासका अधिकारीहरुका अनुसार कर काउन्टीमा १४ वटा हेलिकोप्टर, १२ वटा ड्रोन र ५०० भन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरी उद्धार कार्य चलिरहेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *