Siddarth bankविज्ञापन
मुख्य समाचार

नेपाली सेनाद्वारा काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी

नेपाली सेनाद्वारा काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी

काठमाडौ । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी राखेको छ । आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा कायम गरिएको सेनाले जनाएको छ । अत्यावश्यक कामका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका  ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न पाइने समय तोकिएको नेपाली सेनाले जनाएको छ । बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु कायमै रहेको नेपाली सेनाले जनाएको छ । निषेधाज्ञा तथा कफ्र्युको समयमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न पाइनेछ । विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत कर्मचारीले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्नेछन् सेनाले विज्ञप्ती मार्फत जनाएको छ । जिल्ला तहमा भने सबन्धित प्रशासन कार्यालयले आवश्यकताका आधारमा निर्णय गर्ने बताइएको छ ।। 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *