काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ ।
नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुङको शनिबार बिहान ८ बजे आफ्नै निवास चितवनमा निधन भएको हो ।
७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । गुरुङ २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
भरतपुर महानगरपालिका–२६ निवासी गुरुङले नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेका थिए ।
