मुख्य समाचार

मेटाले सरकारसँग माग्यो सूचीकरणका लागि आवश्यक कागजात

मेटाले सरकारसँग माग्यो सूचीकरणका लागि आवश्यक कागजात

काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सूचीकरणका लागि आवश्यक कागजातको विवरण माग गरेको छ ।

मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई इमेल गरेर कागजातको विवरण माग गरेको हो ।

सरकारले बिहीबारमात्रै सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउँदै लगिने निर्णय गरेको थियो । त्यसपछि मेटा सम्पर्कमा आएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सञ्जाल चल्न रोक लगाउन पत्राचार समेत गरिसकेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *