काठमाडौं । बिपक्षी दलहरुले अवरोध गरेपछि आधा घन्टाका लागि भनेर मंगलबार मध्याह्न स्थगित प्रतिनिधि सभा बैठक अब साढे दुईबजे मात्रै बस्ने भएको छ ।
आजको बैठक शुरुहुनासाथ भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका थिए । बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।
तर आधा घण्टाका लागि स्थगित भनिएको बैठक झण्डै दुइ घण्टासम्म पनि बस्न नसकेपछि संघीय संसद सचिवालयले सूचना टाँसेर साढे दुई बजेसम्मका लागि बैठक स्थगित गरेको जनाएको छ ।