काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आईतवारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अगाडी बढ्ने बताएका छन् ।
शुक्रवार नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै बर्ताैलाले यस्तो बताएका हुन् । उनले आगामी दिनहरूमा संसद् भवन आउने, सूचना टाँस गर्ने र फर्कने अवस्था नबन्ने दाबी गरे । बर्ताैलाले प्रतिपक्षीले बैठक गरौँ भन्दा हुने र नगरौँ भन्दा नहुने अवस्थाको सिर्जना हुन नदिने समेत जिकिर गरे । मुख्य सचेतक बर्तौलाले संसद्ले गर्नुपर्ने महत्वपूर्ण काममा जोडिनुपर्ने आवश्यकता रहेको भन्दै कानूनहरू पारित गर्नुपर्ने कार्यभार रहेको जिकिर गरे ।
साथै, उनले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल नभएको बताउँदै बजेटलाई पारित गर्नुपर्ने दिशामा जानुपर्ने जिम्मेवारी रहेको समेत जिकिर गरे ।
प्रतिपक्षीलाई पेलेर जाने कुरा वर्तमान सरकारको शब्दकोषमै नरहेको बताए ।