मुख्य समाचार

मिडियाले नेपाली भाषाको अपमान गरे : प्रधानमन्त्री ओली

मिडियाले नेपाली भाषाको अपमान गरे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली मिडियामा प्रयोग हुने भाषाप्रति गुनासो गरेका छन् । गोरखापत्र दैनिकको १२५औं वर्ष प्रवेश तथा ६३औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् ।

ओलीले विशेष गरी मिडियाले ‘तिमी’ सम्बोधन प्रयोग गर्नु भाषिक असम्मान भएको बताए । उनले राजतन्त्रकालको भाषा प्रयोगलाई व्यंग्य गर्दै वर्तमान मिडियाले भाषा अपमान गरिरहेको आरोप लगाए ।

‘राजा हिँड्दैन थिए, सवारी गर्थे, सुत्दैन थिए, सुकला हुन्थ्यो,’ भन्दै उनले भाषाको शुद्धता र गम्भीरता गुमिरहेको टिप्पणी गरे । उनले नकारात्मकता र झुटो प्रवृत्तिविरुद्ध सचेत रहन सञ्चार क्षेत्रलाई आग्रह गरे ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *