समाज

मेयरलाई संविधानले २२ वटा अधिकार दिएको छ, प्रयोग गर्न जान्नुपर्‍यो : सभापति चालिसे

मेयरलाई संविधानले २२ वटा अधिकार दिएको छ, प्रयोग गर्न जान्नुपर्‍यो : सभापति चालिसे

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिका सभापति सन्तोष चालिसेले स्थानीय तह, प्रदेश सरकारलाई संविधानले धेरै अधिकार दिएपनि प्रयोग गर्न चुकिरहेको बताएका छन् । 

काठमाडौंमा आयोजित संघीयतामा बजेट सम्बन्धि कार्यक्रममा चालिसेले मुलुकको आवश्यकता पूरा गर्न तीन तहका सरकार बनेको बताउँदै प्रदेश, स्थानीय तहले आफ्नो अधिकार बुझेर सक्षम हुनतर्फ लाग्नुपर्ने बताए । 
चालिसेले केन्द्रतर्फ मुख ताक्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

सभापति चालिसेले जताततै देखिएको निराशालाई सम्बोधन गर्न संविधानले दिएको अधिकारलाई उनीहरुले प्रयोग गरेर काम गर्नुपर्नेमा जोड दिए । भारतमा प्रदेश सरकारले संघीय सरकारलाई सहयोग गर्ने सामथ्र्य राख्ने गरेको बताउँदै उनले त्यो हैसियतामा हाम्रो तल्लो तहका सरकार पुग्नेगरी अघि बढ्नुपर्ने बताए  । उनका काअनुसार संघले प्रदेश, स्थानीय तहलाई पाल्नसक्ने अवस्था नभएको उल्लेख गरे  । 

चालिसेका  अनुसार अब स्थानीय तह, प्रदेश केन्द्रमै निर्भर नभई प्रत्येक वर्ष सक्षम हुनेतर्फ अग्रसर हुनुपर्छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *