काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानविन समिति नबन्दासम्म संसदमा अवरोध जारी राख्ने बताएका छन् ।
सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले गृह मन्त्री रमेश लेखकले संसदमा शुक्रबार सम्बोधनका क्रममा धम्कीपूर्ण रुपमा प्रश्तुत भएको बताए ।
उनले राप्रपाले मानव बेचबिखनको अनुसन्धान चाहेको बताए । अहिलेका गृह मन्त्री लगायत यसअघिका गृह मन्त्री पनि छानविनको दायरामा आउनुपर्ने बताए ।
प्रमुख सचेतक शाहीले माओवादीले छेपारो झैँ रङ फेरेको आरोप लगाउँदै माओवादीसँग सहकार्य गरेर संसदका काम कारबाहीमा आफूहरु अघि नबढ्ने स्पष्ट पारे ।