समाज

बागलुङको मालिका भगवती मन्दिर परिसरमा तीजी मेला हुने

बागलुङको मालिका भगवती मन्दिर परिसरमा तीजी मेला हुने

बागलुङ । मालिका भगवती मन्दिर परिसरमा यो वर्षपनि तीजी मेला हुने भएको छ ।

१५ औं सताब्दी देखि चल्दै आएको ऐतिहासिक मेलालाई मालिका भगवती मन्दिर ब्यवस्थापन समितिले निरन्तरता दिने भएको हो । 

बागलुङ नगरपालिका वडा नम्बर ५,६,र ७ को संगम स्थल मालिकामा भदौ ८ देखी  १२ गते सम्म विभिन्न कार्यक्रम गरि तीजी मेला हुने भएको हो । 

त्यस्तै, भदौ १ गतेदेखि ८ गतेसम्म कथा बाचक शिव आचार्यबाट हरितालिका एवं ऋषि पन्चमी महिमा प्रवचन कार्यक्रम समेत हुने आयोजकले जनाएका छन् । मन्दिर कलात्मक ढंगले पुनर्निर्माण भएपछि पछिल्लो समय महत्व बढेर गएको स्थानीय बताउँछन । 

भदौ १० गते बिशिस्ट ब्यक्तित्वको साथमा ५ हजार र सो भन्दा माथि सहयोग प्रदान गर्ने निर्माणकर्ताहरुको सामुहिक सहभागितामा दिब्य मन्दिरको उद्घाटन गर्ने कार्यक्रम छ ।

मेलातर्फ खुल्ला भलिबल प्रतियोगिता भलिबल खेलमा प्रथम हुने लाई एकलाख एघार हजार एक सय  एघारको साथमा ट्रफी र प्रमाण पत्र प्रदान गर्ने कार्यक्रम छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *