काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको तिलगाउँमा पुनः लेदोसहितको पहिरो गएको छ ।
सोमबार राति गएको लेदोसहितको पहिरो तिलागाउँको अर्को स्थानमा गएको हो । गाउँको पश्चिम दक्षिणतर्फ लेदोसहित गएको ठूलो पहिरोले हिल्सातर्फ जाने काठेपुल बगाएको छ ।
लेदोसहितको पहिरो गाउँको उत्तर–पश्चिम दिशाबाट बग्ने स्योगान खोलाबाट आएको बताइएको छ ।
गत जेठ १ गते तिल्जुङ खोलाको माथिल्लो जलाधारमा दुई वटा हिमतालको पानी चुहिएर पहिरो गएको थियो ।