समाज

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

काठमाडौं । गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकमा अझै खुलेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् ।

कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडक अन्तर्गत गरगरेमा शुक्रबार अपराह्नदेखि सडकमा सुक्खा पहिरोले उक्त सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

सडक अवरुद्ध बनेपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन् । 

सडक सञ्चालन गर्न पहिरोग्रस्त क्षेत्रमा तीन वटा डोजर तयारी अवस्थामा राखिएका भए पनि पहिरो खसिरहेको हुँदा सडक सञ्चालन गर्न समस्या परको बताइएको छ ।

लामो समयसम्म मुख्य सडक बन्द हुँदा त्यस क्षेत्रका नागरिकलाई समस्या परेका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *