समाज

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । 

लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार मंगलबार रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो ।

पहिरो पन्छाउने प्रयास जारी छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *