समाज

थाइल्याण्डको राजालाई त जनककै सन्तान भन्ने पनि गरिन्छः सभापति देउवा

थाइल्याण्डको राजालाई त जनककै सन्तान भन्ने पनि गरिन्छः सभापति देउवा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेस प्रदेशको नाम जनक वा जानकी राखेको भए उत्तम हुने बताएका छन् । 

जनकपुरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । जनकपुर राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ भएकाले पनि यसको महत्व धेरै रहेको देउवाले बताए ।

देउवाले  जनकपुर मैथिली विकसित भाषा बोलिने ठाउँ भएको बताए । राजर्षि जनक सानो राजा नरहेको भन्दै जनकको राजधानी कम्बोडियामा समेत रहेको भन्ने गरिएको पनि बताए । 

सभापति देउवाले थाइल्याण्डका राजालाई राजा जनककै सन्तान मान्ने गरिएको पनि बताए । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *