समाज

अफताब आलमलाई ज्यान मुद्दामा उन्मुक्ति दिने न्यायाधीश न्याय परिषद् तानिए

अफताब आलमलाई ज्यान मुद्दामा उन्मुक्ति दिने न्यायाधीश न्याय परिषद् तानिए

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा उन्मुक्ति दिने न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषद्मा तानिएका छन् । 

बिहीबार बसेको न्याय परिषद्को बैठकले उनीहरूलाई जिम्मेवारीबाट अलग गर्दै परिषद्मा तानेको हो । बम विस्फोट गरी व्यक्ति हत्याको आरोप खेपेका आलमलाई उच्च अदालत जनकपुरको बीरगञ्ज इजलासका न्यायाधीशद्वय थारु र महर्जनको इजलासले गत जेठ १४ गते सफाइ दिएको थियो । उक्त आदेशको चौतर्फी विरोध भएसँगै उनीहरूलाई न्याय परिषद् तानिएको हो । 

अब उच्च अदालतका न्यायाधीशका हैसियतले न्यायाधीशद्वयले मुद्दाको सुनुवाई र न्याय निरुपणमा संलग्न हुन पाउने छैनन् । संविधान सभा निर्वाचनको अघिल्लो राति २०६४ साल चैत २७ गते रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा आलम दोषी ठहर भएका थिए । 

घटनाको १२ वर्षपछि २०७६ असोज १९ गते पक्राउ परेका आलमसहितलाई रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्वन्धी कसुरमा दोषी ठहर गर्दै आजन्म कैदको फैसला सुनाएको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *