समाज

राजतन्त्रको पक्षमा आन्दोलन गर्दा घाइते भएकाहरुको उपचार सरकारले गरोस् : सांसद तामाङ

राजतन्त्रको पक्षमा आन्दोलन गर्दा घाइते भएकाहरुको उपचार सरकारले गरोस् : सांसद तामाङ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राजतन्त्र पक्षधरहरुको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आन्दोलनका घाइतेहरुको उपचार सरकारले गर्नुपर्ने बताएका छन् । 

राजतन्त्र पुनःस्थापनका लागि आन्दोलन गर्दा सरकारले दमन गरेर घाइते बनाएको भन्दै उनले आन्दोलनका क्रममा घाइते भएकाहरुको स्वास्थ्योपचार सरकारले गर्नुपर्ने माग गरेका हुन् । 

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राजतन्त्रको पुनःस्थापनाका लागि आन्दोलन गर्ने अघिल्लो दिनबाट दिँदै आएको सुरक्षा हटाइएको भन्दै सरकारसँग जवाफ माग गरेका छन् । 

सांसद तामाङले राजतन्त्र पक्षधर आन्दोलनका क्रममा नेताहरुमाथि सरकारले दमन गरेको भन्दै आपत्ति जनाए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *