पर्वत । पर्वतको कुश्मामा जडिवुटी प्रसोधन केन्द्रले दुषित रसायन सिधै कालिगण्डकी नदीमा मिसाउदा जलचर नष्ट हुने जोखिम बढेको छ ।
कुस्मा नगरपालिका ५ जलकेनीमा रहेको छिफु वायोटेक्नोलोजीले रसायन सिधै कालिगण्डकीमा मिसाएको हो । कम्पनीले बातावरणीय प्रभाव मुल्यांकन सहितका प्रक्रिया पुरा नगरेकै कारण वन कार्यालयले छुट पूर्जि समेत दिएको छैन ।
छिफु वायोटेक्नोलोजीका कर्मचारीहरुले भने प्रशोधनको क्रममा कम्पनीबाट निस्किएको रसायन सहितको पानी कालिगण्डीको किनारमा पोखरी बनाएर मिसाइएको दाबी गरेका छन ।
चुत्रो र गुन्जरगानो प्रसोधन पश्चात नुन, पानी र सल्फिड एसिड जस्ता रसायनको मिश्रण नदिमा पठाइने गरेको हो । वातावरणीय प्रभाव मुल्याङ्कन समेत नगरेको कम्पनीले कच्चा पदार्थ मात्रै तयार गरीने भएकाले धेरै रसायन प्रयोग नहुने दाबी समेत गरेको छ ।
कम्पनी नदि किनारको ४२ रोपनी जमिनमा फैलिएको छ ।