मुख्य समाचार

गभर्नर नियुक्ति चाँडै हुने कांग्रेस सभापति देउवाको भनाइ

गभर्नर नियुक्ति चाँडै हुने कांग्रेस सभापति देउवाको भनाइ

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्ति हुने बताएका छन् । 

शुक्रबार निजी निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय ढिलो भएको पदाधिकारीको गुनासोपछि अब छिटै नियुक्ति हुने आश्वासन दिएका हुन् । 

बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउनसक्ने व्यक्ति गभर्नर बन्नुपर्ने पक्षमा कांग्रेस रहेको जानकारी दिए । प्रवक्ता महतले सरकारमा रहेका राजनीतिक दलहरुको सहमतिबाटै गभर्नरको नियुक्ति हुने बताए । 

कांग्रेसले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु टुंगो लगाउन धेरै ढिला भइसकेको र सर्वोच्च अदालतको परिमार्जन गर्ने आदेशपछि कानून टुंग्याएको भएपनि अझै पनि संरचना नबन्नाले काम अगाडि बढ्न नसकेको कांग्रेसको निस्कर्ष छ । 

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन सम्बन्धित पक्ष, राजनीतिक दलहरुसँग छिटो कुराकानी गरेर अघि बढ्नुपर्ने पक्षमा कांग्रेस रहेको छ । कांग्रेसले कांग्रेस कुनैपनि किसिमको आतंकवादको विरुद्धमा रहेको बताएको छ । पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा आफुहरु रहेको कांग्रेसले स्पष्ट पारेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *