समाज

कानून व्यवसायीहरूबाट हुने अनुशासनहीन कामलाई सरकारले रोक्छः कानूनमन्त्री चौरसिया

कानून व्यवसायीहरूबाट हुने अनुशासनहीन कामलाई सरकारले रोक्छः कानूनमन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानून व्यवसायीहरूबाट हुने अनुशासनहीन कामलाई सरकारले रोक्ने बताएका छन् । 

नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल सोमवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । चौरसियाले कानून व्यवसायीले आफ्नो पक्ष बाहेकको अर्काे पक्षसँग कुनै साँठगाँठ गर्ने वा गोप्य कुरा तथा सूचना अरूलाई प्रवाह गरेमा कारबाही गरिने व्यवस्था विधेयकमा गरिएको बताए ।

मन्त्री चौरसियाले कानून व्यवसायीले अनुशासनहीन काम गरेको पाइए लाइसेन्स निलम्वनसहितका कारबाही गर्ने व्यवस्था विधेयकमा रहेको बताए । मन्त्री चौरसियाले कानून व्यवसायीहरूमाथि पनि हुने अमर्यादित व्यवहारलाई रोक्नेगरी विधेयक बनाइएको जिकिर गरे । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *