मुख्य समाचार

समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्दै

समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्दै

काठमाडौ । समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज अपराह्न ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ ।

मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो । बैठक बस्न नसक्दा मोर्चामाथि नै शंका गर्न थालिएको थियो ।

मोर्चामा आवद्ध दलका दूइ नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले नेकपा ब्युँताउनुपर्ने बताएपछि अरु सशंकित भएका थिए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *