काठमाडौं । संस्कृतिविद् तथा राजसंस्था समर्थक डा. जगमान गुरुङले आगामी जेठ १५ गते नेपालमा गणतन्त्रको अवसान भई श्री ५ ज्ञानेन्द्र शाह पुनः गद्दीमा फर्किने दाबी गरेका छन् ।
संयुक्त जनआन्दोलन सङ्घर्ष समितिका सल्लाहकार समेत रहेका गुरुङले सोमबार एक कार्यक्रममा बोल्दै जनताले राजाको आवश्यकता महसुस गरिसकेको र दरबारले सुम्पिएको “जनताको नासो“ फेरि राजालाई फिर्ता गर्नु पर्ने बताएका हुन् ।
उनका अनुसार वैदिक सनातन अधिराज्य र संवैधानिक राजसंस्था पुनः स्थापना हुनेछ । साथै, श्री ५ ज्ञानेन्द्रले पनि जनताको सदिच्छाअनुसार मात्र गद्दी सम्हाल्ने इच्छा व्यक्त गरिसकेको गुरुङको भनाइ छ ।