काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहेको छ । बागमती प्रदेश लगयात गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू साथै मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मध्यम वर्षा भईरहेको छ।
आज दिउँसो लुम्बिनी प्रदेश र सुदुूपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै र मधेश प्रदेश लगायत बाँकी तराई भू-भागका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, आज राती कोशी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ। मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।