मुख्य समाचार

पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने एमालेको निर्णय

पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेको छ । 

मंगलबार मध्यरातमा सकिएको बैठकमा एमालेले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने निष्कर्ष पनि निकालेको हो । योसँगै पूर्वराष्ट्रपति राजनीतिमा फर्किने निर्णयमा एमालेले ढोका बन्द गरिदिएको हो । 

एमालेको केन्द्रीय कमिटीको बैठकले राष्ट्रपति एकताको प्रतीक भएकोले दलको कार्यकर्ता हुन आउन नहुने निष्कर्ष निकालेको हो । पूर्वराष्ट्रपति दलको कार्यकर्ता हुनु स्थापित मान्यताको विपक्षमा हुने पनि बैठकले निष्कर्ष निकालेको हो । 

केन्द्रीय कमिटी बैठकका निर्णयमा उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जनाएका छन् । त्यस्तै,  बैठकले पूर्वराष्ट्रपति राजनीतिमा सक्रिय हुने निर्णयले गलत नजिर बस्ने निष्कर्ष पनि निकालेको छ ।  

बैैठकले केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय र पदाधिकारी १५ जनाको हुने निर्णय गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *