काठमाडौं । राजवादीको प्रदर्शनको क्रममा भएको तीनकुने घटनाका विषयमा आजबाट प्रतिवादीहरूको थुनछेक बहस शुुरु भएको छ ।
प्रतिवादीको बहस सकिएसँगै जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा प्रतिवादीहरूको थुनछेक बहस शुुरु भएको हो । राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूमध्ये ३९ जना थुनामा छन् ।
थुनछेक सकिएपछि दुर्गा प्रसाईं सहितका प्रतिवादीहरूलाई पुर्पक्षको लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने भन्नेबारे आदेश आउनेछ । जसमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवल शमशेर राणा, विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका व्यक्ति छन ।
जसमा प्रसाईंसहित आठ जनाविरुद्ध भने कर्तव्य ज्यानको कसुरमा समेत मुद्दा दायर भएको छ । भाटभटेनी लुटमा संलग्न ११ जनालाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । सरकारी वकिलले उनीहरु विरुद्ध आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो । घटनामा चारजना बालकविरुद्ध पनि मुद्दा दायर भएको छ ।
२०८१ चैत १५राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका थिए । सो प्रदर्शनको कमाण्ड भने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । प्रदर्शन हिंसात्मक बनेको थियो । प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए ।
उक्त प्रदर्शनमा एभिन्युजकर्मी पत्रकार सुरेश रजक र प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो । प्रदर्शनकारीले व्यक्तिका निजी घर तोडफोडदेखि आगलागीसम्म गरेका थिए ।