स्थानीय खबर

सप्तरीमा प्रहरीले चलाएको गोलीले लालु यादवको मृत्यु, अनुसन्धान सुरु

सप्तरीमा प्रहरीले चलाएको गोलीले लालु यादवको मृत्यु, अनुसन्धान सुरु

काठमाडौँ। सप्तरीमा प्रहरीले चलाएको गोली लागी लालु यादवको मृत्यु भएको घटनाका सम्बन्धमा मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ।

छानबिन गर्न आयोगबाट अधिकृतस्तरको टोली घटनास्थलतर्फ पठाइएको आयोगको मधेश प्रदेश कार्यालयले जनाएको छ।

सप्तरीको राजगढ गाउँपालिका–२ मा प्रहरीले चलाएको गोली लागेर स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालु यादवको बुधबार मृत्यु भएको थियो।

मंगलबार राति भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गोली चलाउँदा यादवको मृत्यु भएको थियो । घटनापछि मृतकका परिवार र स्थानीयवासी आक्रोशित बनेका थिए। उनीहरूले बुधबार दिनभर प्रदर्शन गर्दै दोषीमाथि कारबाहीको माग गरेका थिए।

आन्दोलनले उग्र रूप लिएपछि बिहीबार स्थानीय प्रशासन र मृतकका आफन्तबीच भएको वार्तामा घटनाबारे छानबिन गर्ने लगायत सहमति जुटेको थियो। 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *